कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि

जनता संवाददाता
२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेको हो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म बस्ने छ । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते, शुक्रबार


Scroll to Top

Janata Media