कांग्रेस नीतिमाथि मन्थन : सैद्धान्तिक स्पष्टता, नयाँ कार्यदिशा

जनता संवाददाता
२०८० फाल्गुन ५ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीको नीतिमाथि गम्भीर विमर्श सुरु भएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरमा आयोजना हुने बैठकको तयारीमा कांग्रेसलाई नीतिगत रूपमा स्पष्ट पार्ने र राष्ट्रको समुन्नतिका लागि नवीन गन्तव्य तयार गर्न मन्थन हुने छ ।

महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । तीन वटै प्रतिवेदनको सार बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिएको छ ।

कांग्रेसले महासमिति बैठकमा राजनीतिक रूपमा देखिएका सबै मतभेद, अविश्वास, सैद्धान्तिक रूपमा देखिएको स्पष्टतालाई मन्थन र आन्तरिक विमर्शमार्फत समाधान गरेर राष्ट्रलाई समुन्नत बनाउन नवीन कार्यदिशा प्रदान गर्ने प्रयास गरेको छ ।

साथै राष्ट्रप्रति जिम्मेवारी बोध गरी कांग्रेसको नेतृत्वले देखाएको संयम, धैर्य र सैद्धान्तिक रूपमा दृढ हुँदै निर्णायक भूमिकातर्फ अग्रसर हुँदै आएको र अब अझै प्रभावकारी बनाउने गरी कार्यदिशा तयार गर्न नेताहरूले प्रस्ताव गरेका छन् ।

कांग्रेस उपसभापति खड्काले प्रस्तावको सारमा सुशासनको पक्षमा जोड दिँदै आर्थिक चुनौतीबाट राष्ट्रलाई मुक्त गराउनेसम्मका प्रस्ताव गरेका छन् ।

उनले संविधानको व्यावहारिक र प्रभावकारी कार्यान्वयनको सवाल, लम्बिँदो सङ्क्रमण र नागरिकका दुःख, सार्वजनिक सङ्घ संस्थाप्रतिको घट्दो विश्वास, भ्रष्टाचार नियन्त्रण, बढ्दो असमानता र नागरिकस्तरमा रहेको निराशाका सन्दर्भमा गम्भीर समीक्षा गरेका छन् ।

उनले कांग्रेसको गर्बिलो इतिहास र संविधान सभाबाट संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस पार्टीकै नेतृत्वमा संविधान कार्यान्वयन गर्ने सन्दर्भमा दुईरदुई पटक तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको तथ्यलाई स्मरण गरेका छन् ।

उनले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि आइपर्ने हरेक सङ्कटको समयमा जिम्मेवारी एवं बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गर्दै परिस्थितिलाई समाल्दै र समालिँदै अगाडि बढिरहेको यथार्थलाई पनि प्रस्तुत गरेका छन् । कांग्रेसले अँगालेको राष्ट्रियता, लोकतन्त्र, लोकतान्त्रिक समाजवाद संविधानवादको प्रस्ट नीति, विचार तथा सिद्धान्तलाई प्रतिवेदनमा समेटिएको छ ।

उनले भनेका छन्, “नेपाली समाजमा विद्यमान यस्ता समस्या तथा चुनौतीको बुद्धिमत्तापूर्ण दीर्घकालीन समाधान गर्न सक्दा मात्र लोकतन्त्र संस्थागत हुन्छ । राजनीतिक स्थिरता प्राप्त हुन्छ । आमनागरिकको हक अधिकार सुनिश्चित हुन्छ । दिगो शान्ति र समुन्नतिको आधार तय हुन्छ । यस सवालमा नेपाली कांग्रेस सचेत र जानकार छ ।”

विचार र एजेन्डा स्पष्ट हुनु पर्छ

महामन्त्री थापाले साङ्गठानिक प्रस्तावमा कांग्रेसमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यमध्ये एक लाख १४ हजार ५२५ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गर्नुभएको छ । उनले कुनै साङ्गठनिक जिम्मेवारीमा नरहेको भए पनि कांग्रेसप्रति प्रतिबद्ध र निष्ठावान् कांग्रेस सदस्यको अर्को ठुलो पङ्क्ति रहेको र जसले असम्भव झैँ लाग्ने प्रतिकूल परिस्थितिमा पनि पार्टीको तल्लो तहमा बसेर आस्था र विचारलाई कहिल्यै डगमगाउन नदिएको उल्लेख गरेका न्।

उनले हिंसा र निरङ्कुशताको त्यो चेपुवामा पनि पार्टी छाड्न र विचार बदल्न तयार नभएको अदम्य साहस र अविचलित निष्ठाले त्यो विशाल पार्टी पङ्क्तिसँग केवल पार्टीको राम्रो होस् र देशलाई राम्रो गरोस् भन्ने एकसूत्रीय आग्रह गरिरहेको प्रस्ट पारेका छन् । १३ वटा भ्रातृ सङ्घ र २६ वटा शुभेच्छुक संस्थामा आबद्ध सदस्यको सङ्ख्या निकै ठुलो आकारमा रहेको उल्लेख छ ।

उहाँले महाधिवेशनलगत्तै पार्टी लगातार तीनै तहको निर्वाचनमा केन्द्रित भएको, पार्टीले सम्पूर्ण ध्यान निर्वाचन परिचालन तथा व्यवस्थापनमा दिएको र ‘घर घर जाऔँ नेपाली कांग्रेसलाई जिताऔँ’ लगायतका निर्वाचन केन्द्रित अभियान सञ्चालन गरेको बताएका छन् ।

उनले भनेका छन्, “त्यसकै निरन्तरता स्वरूप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्‍यो । निर्वाचनमा अङ्कगणितका हिसाबले कांग्रेस ठुलो पार्टी त बन्यो तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने रहेछ ।” उनले तिनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिह्न नै नहुँदा कांग्रेसजनले आजपर्यन्त असन्तुष्टि व्यक्त गरिरहेको दाबी गरे ।

उनले प्रस्तावमा भने छन्, “तर, निर्वाचनपूर्वको गठबन्धन संस्कृति लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै हामी सङ्कल्प गर्छौं कि– नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन ।”

महामन्त्री शर्माको प्रतिवेदनमा व्यवस्थालाई समयसापेक्ष परिमार्जन गर्दै नागरिकको अवस्थामा रूपान्तरणको प्रस्ताव गरेका छन् । उनले नागरिकमा कतिपय सन्दर्भमा देखिएका असन्तुष्टिलाई कसैले सरकारमा जाने भर्‍याङ बनाउन खोजेका र कसैले पुरानो सत्ता फर्काउन प्रयोग गर्न सकिन्छ कि भन्ने भ्रम पालेका टिप्पणी गर्दै कांग्रेसले व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरणको मार्ग अख्तियार गर्नुपर्ने बताएका छ न्।

उनले राजनीतिक प्रणालीलाई व्यवस्थित बनाउन नवीन कार्ययोजना प्रस्तुत गरेकमा छन् । उनले पार्टीको केन्द्रीय वा जिल्ला समितिको सभापति पदमा दुई पटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान कार्यान्वयन भइसकेको सन्दर्भमा अब मुलुकको शासन प्रणालीमा प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसदको जिम्मेवारीमा चार पटकको कार्यकाल सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले हरेक विषयमा स्पष्ट र हरेक मुद्दामा अग्रभागमा रहेर राजनीतिक रूपान्तरणको कार्यभार पूरा गर्नुपर्ने बताएका छ न्। उनले भनेका छन्, “संविधान सभाबाट निर्माण गरिएको नेपालको संविधानले नेपाल देशको सबै चुनौती क्रमशः हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्‍याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस दृढ ढङ्गले स्पष्ट छ ।”

उनले संसारको अनेक देशमा अनेक प्रकृतिका शासन प्रणाली छन् । हामीले अवलम्बन गरे जस्तै संसदीय लोकतान्त्रिक प्रणाली अपनाएका देशहरू मानव विकास सूचकाङ्कमा प्रायः अग्रपङ्क्तिमा रहेको र समुन्नतिको उचाइ ती देशहरूले हामीले पनि संसदीय प्रणालीको माध्यमद्वारा हासिल गर्न सक्ने दृढता व्यक्त गरेका छन् ।

उनले नीति, विधि र थितिको जगमा १५ वर्षे सपनाको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, “देशलाई आजको अवस्थाबाट अग्रगतितर्फ लग्दै अबको पाँच र १० वर्षमा नेपालको राजनीति र वर्तमान राज्यप्रणालीले नेपाललाई कहाँ पुर्‍याउने छ रु अबको डेढ दशक अर्थात् अबको १५ वर्षमा नेपाल र नेपालीको अवस्था आजभन्दा के भिन्न हुने छ रु महासमिति बैठकले समुन्नत सपनाउपर छलफल गर्नु छ ।”

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते, शनिबार


Scroll to Top

Janata Media