पिकनिक खान गएको बस दुर्घटना, १४ जना घाइते

जनता संवाददाता
२०८० फाल्गुन १३ गते, आईतवार

काठमाडौँ। झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी १४ जना गाडीमा सवार घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधी व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस शनिवार साँझ साढे ४ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार बस पल्टिएर राजमार्गदेखि तल खसेको छ । घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, आईतवार


Scroll to Top

Janata Media