दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भन्ने हल्ला निराधार भएको बताए। ‘दुई ठूला दलबीच असमझदारी नहुँदासम्म सरकार ढल्दैन,’ उनले भने, ‘यदि असमझदारी नै छैन भने, सरकार ढल्छ भन्नै परेन।’
पोखरेलले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको स्पष्ट गरे।
उनका अनुसार वर्तमान सत्ता गठबन्धन कुनै एक दलको नीतिमा होइन, सामूहिक सहमतिमा आधारित छ। ‘यो गठबन्धन चुनावी परिणामको उपज हो, र यसको नीति साझा निर्णयमा आधारित छ,’ पोखरेलले जोड दिए।







