हुम्ला सिमकोटका एक युवा राप्रपा प्रवेश, सांसद शाहीले गराए पार्टी प्रवेश

जनता संवाददाता
२०८१ बैशाख १५ गते, शनिबार

काठमाडौँ । कांग्रेस आस्थावान् हुम्ला सिमकोटका एक युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । हुम्लाको सिमकोट गाउँपालिका वडा नं १ निवासी २५ वर्षिय युवा कैलाश लामा राप्रपा प्रवेश गरेका हुन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीको हातबाट खादा र पार्टी महामन्त्री धवल शमशेर राणको हातबाट टिका ग्रहण गरी पार्टी प्रवेश गरेको राप्रपा हुम्लाका अध्यक्ष विकास बहादुर महतले जानकारी दिए ।

उक्त प्रवेश कार्यक्रममा अन्य पार्टी प्रतिनिधि एवम् कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते, शनिबार


Scroll to Top

Janata Media