राष्ट्रिय बाल दिवसका अवसरमा बाल सचेतना केन्द्र नेपालका अध्यक्ष फुयालको सन्देश

जनता संवाददाता
२०८० भाद्र २९ गते, शुक्रबार

बाबुराम फुयाल, काठमाडौँ । ‘बाल बालिकामा लगानी! सुनिश्चित भविष्यको थालनी!!’ नाराका साथ मनाउन लागिएको ५९ औँ बाल दिवसको उपलक्ष्यमा सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल संरक्षण को मूल्य मान्यता साथै राष्ट्रिय परिवेश र आवश्कता अनुसार बालबालिकाको संरक्षणको व्यावस्था सुनिश्चित गरौँ। बाल अधिकार सुनिश्चित गर्न सबैभन्दा पहिला सबै सचेत हुनुपर्छ चेतना फैलाउनु पर्छ ।

अधिकारबाट वञ्चित बालबालिका लागि अधिकार दिन ठोस् पहल चालिनुपर्छ, बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिंसा र दुर्व्यबहारहरुको निराकरण गरी उनीहरुको व्यक्तीत्वको विकास नरोक्किने खालको सहज परीस्थितीको जगेर्णा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चााहे हामी चढ्ने सार्वजनिक सवारी साधन होस् या त कुनै अपराधिक गतिविधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालिका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्व्यवहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि विचार पुर्याइ राखेको हुँदैनौ ।

बाल अधिकार अन्तरगत बाँच्न पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतन्त्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकार, खान पाउने अधिकार, स्वच्छ पानी पिउन पाउने अधिकार लगायतका अधिकार हरु पर्दछन् । तर पनि कैयन बालबालिकाहरुको सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ । कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी वञ्चित छन् । खाना खान नपाएर कैयन बालबालिकाहरु कुपोषणको शिकार भईराखेका नै छन् । द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त वातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालीकाहरु अनायासै जेलिएका छन् ।

बालअधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि नेपाल सरकारले विगत वर्षदेखि विभिन्न तहमा सञ्चालन गर्दै आएका अभियानहरू जस्तैः “बालविवाह रोकथाम तथा न्यूनीकरण अभियान”, “शारीरिक तथा मानसिक दण्ड सजाय रोकथाम तथा नियन्त्रण अभियान”, “विद्यालय शान्ति क्षेत्र घोषणा सफल अभियान”, “बालमैत्री स्थानीय निकाय घोषणा सफल अभियान”, “बालबालिका बेचविखन तथा ओसारपसार रोकथाम तथा नियन्त्रण अभियान”, “बालश्रम निवारण तथा न्यूनीकरण अभियान”, “सडक बालबालिका मुक्त सडक अभियान” र “जोखिमपूर्ण अवस्थामा रहेका बालबालिका उद्धार तथा संरक्षण अभियान” लगायतलाई समेत यस अवसरमा प्रवद्र्धन गर्नु सान्दर्भिक हुनेछ ।

यी र यस्तै खाले बालअधिकार सम्वर्धनका अभियानहरू सफल रूपमा सम्पन्न गर्न सरोकारवाला निकायहरू जिम्मेवार र संवेदनशील हुनु जरुरी छ । राज्यका सबै पक्ष सजग र सचेत भई बालअधिकारको संरक्षण र सम्वर्धनका निम्ति निरन्तर प्रयासरत रहन नेपालको संविधानको धारा (३९) मा भएका देहायका संवैधानिक व्यवस्थाहरूलाई अक्षरशः पालना गर्नु हामी सबैको कर्तव्य हो ।

लेखक बाल सचेतना केन्द्र नेपालका अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते, शुक्रबार


Scroll to Top

Janata Media