सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमै राख्न सर्वोच्चको आदेश

जनता संवाददाता
२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरालाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई सोमबार बिहान उपस्थित गराउनू भनी आदेश दिएको छ । अदालतले बयान कार्य प्रारम्भ भए पनि सम्पन्न हुन नसकेको भन्दै सोमबार बिहान १० बजे बयान कार्यका लागि उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाएको हो ।

आदेशमा भनिएको छ, ‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ ९सोमबार० १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै अदालतले तारिखमा राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बेदप्रसाद उप्रेतीले भने ‘जिम्मा लगाउने आदेश भइसकेपछि सम्बन्धित व्यक्ति प्रहरी नियन्त्रणमै रहन्छन् । प्रहरीले उनलाई सिदा खुवाएर राख्छ र भोलि बिहान अदालतमा उपस्थित गराउँछ ।’

प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार


Scroll to Top

Janata Media