प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक केहिबेर स्थगित

जनता संवाददाता
२०८१ बैशाख २८ गते, शुक्रबार

काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

सभामुख घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते, शुक्रबार


Scroll to Top

Janata Media