गृहमन्त्री लामिछानेको भक्तपुरमा एक रोपनी जग्गा, श्रीमती निकिताको ८० तोला सुन

जनता संवाददाता
२०८१ जेष्ठ ९ गते, बुधबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन्।

मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उहाँको ग्लोबल आइएमई बैङ्कमामा रहेको खातामा पाँच हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख पाँच हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका हुन्।

श्रीमती निकिता पौडेलको माइतीको संगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका हुन्।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते, बुधबार


Scroll to Top

Janata Media