पूर्वमुख्यमन्त्री कार्कीले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

जनता संवाददाता
२०८१ जेष्ठ १६ गते, बुधबार

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइने भएको छ ।

न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ मा राखिएको हो। कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेसी तोकिएको थियो।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन्। सोही रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, बुधबार


Scroll to Top

Janata Media