२८ गते विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

जनता संवाददाता
२०८१ जेष्ठ २५ गते, शुक्रबार

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ ९३० बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

सोही छलफलका लागि बिहीबार काठमाडौं आएका मुख्यमन्त्री पाण्डेले सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते, शुक्रबार


Scroll to Top

Janata Media