एमालेको तिजः ‘सोचे झैँ जिन्दगी रैनछ’ मा नेताका ठुम्का

जनता संवाददाता
२०८१ भाद्र १५ गते, शनिबार

काठमाडौँ । नेकपा एमालेको मुख्यालयमा शनिबार तिज पर्वको उल्लासमय माहोल देखिएको छ। महिला नेताहरुको सम्मानमा एमालेको गण्डकी प्रदेश सम्पर्क समितिले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा तिज विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पार्टीका महिला तथा पुरुष नेताहरू रमाइरहेको तस्बिर तथा भिडियोहरूमा देखिन्छ। भिडिओमा खेम सेन्चुरी र मधु क्षेत्रीको तिज गीत ‘सोचे झैँ जिन्दगी रैनछ’ गीत बजेको सुनिन्छ, जसमा बाक्लो संख्यामा रहेका नेताहरू रमाइरहेका देखिन्छन्। जसमा पद्‌मा अर्याल, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डित लगायत छन्।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार


Scroll to Top

Janata Media