डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

जनता संवाददाता
२०८१ श्रावण ८ गते, मंगलवार

काठमाडौँ । बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास हजार रुपियाँ र चार लाख पचास हजार रुपियाँको चेकसमेत रहेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ श्रावण ८ गते, मंगलवार


Scroll to Top

Janata Media