कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली

जनता संवाददाता
२०८१ श्रावण १३ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिबार नेकपा (एमाले) को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले वनजंगल, घाँस पात, पानी पँधेरा, रोदीहरू नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको बताए। उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए। युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताए।

उनले भने, ‘‘हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वन जङ्गल, घाँस पात, पानी पँधेरा, रोदीहरू यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ। यस धर्तीमा मात्रै छ। यस ठाउँमा मात्रै छ। त्यो प्रतिभा हो। यसरी साहित्यको विकास हुँदै आयो।’’

प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजे पनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताए।

उनले थप भने, ‘‘आज नेपाली साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ।’’

प्रकाशित मिति : २०८१ श्रावण १३ गते, आईतवार


Scroll to Top

Janata Media