भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री आरजुको भेटवार्ता

जनता संवाददाता
२०८१ भाद्र ४ गते, मंगलवार

नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् ।

आइतबारदेखि भारत भ्रमणमा रहेकी देउवाले सोमबार बेलुकी भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् ।

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायच थिए भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार


Scroll to Top

Janata Media