मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनता संवाददाता
२०८१ आश्विन १८ गते, शुक्रबार

काठमाडौं । गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ बर्षीय टिकाराम लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार हिजो दिउँसो २ बजेको समयमा गोरखा आँबुखैरनी सडक खण्डमा पर्ने गोरखा नगरपालिका –९ ठिंगुरेश्वरामा गोरखा सदरमुकामबाट आँबुखैरनीतर्फ जाँदैगरेको बा ४२ प ७९८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको डिभाइडरमा ठोकिँदा मोटरसाइकल चालक टिकाराम लामिछाने गम्भीर घाइते भइ जिल्ला अस्पताल गोरखामा उपचार गर्ने क्रममा साँझ ४ः२५ बजे मृत्यु भएको उनले बताए ।

मृतक टिकाराम लामिछाने मा जगदम्बा ईन्टरप्राइजेजका बजार प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । त्यही सिलसिलमा आँबुखैरनी जाँदैगर्दा मोटरसाइकल दुर्घटनामा पर्नु परेका थिए । घट्नाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माले बताए ।

प्रकाशित मिति : २०८१ आश्विन १८ गते, शुक्रबार


Scroll to Top

Janata Media