चन्द्र नहरमा डुबेर एकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र १६ गते, आईतवार

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–११ का ५५ वर्षीय कर्णबहादुर तामाङको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ । कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा तामाङको शव आइतबार फेला परेको हो ।

मानिस डुबेको खबर पाएपछि प्रहरी घटनास्थल पुग्दा नहरको पानीमा डुबेको अवस्था तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्राकृतिक मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार


Scroll to Top

Janata Media