काठमाडौँ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । बुधबार पोलिट्ब्युरोको बैठकमा ओलीले आचारणहीन नैतिकहीन र चरित्रहीन कुरालाई नसहने बताएका हुन् ।
“यो पार्टी ढल होइन । व्यक्ति विशेषका कमिकजोरीहरू हुन सक्छन्,” ओलीले भनेका छन्, “कि त राजनीति गर कि त इन्जोय गर । राजनीति र इन्जोय दुवै गर्न पाइँदैन ।”
ओलीले पार्टी नीतिगतरूपमा प्रस्ट भएको दाबी गरेका छन् । उनले एमाले जग र जरा भएको पार्टी भएको बताए ।
परिवर्तन सम्भव छ भन्ने कुरालाई आधार बनाएर अघि बढेको धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
ओलीले पार्टीले स्वतन्त्रतापूर्वक निर्णायक शक्ति बनाउन पहल गर्ने बताएका छन् ।