सर्पले टोकेर बालकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

काठमाडौं । घरमा सुतिरहेका बालकलाई विषालु सर्पले टोक्दा उनको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।

गाई गोरुले खाने भुस राखेको घरमा सुतिरहेको अवस्थामा सोमबार करिब ३ बजे गोमन सर्पले टोकेर घाइते भएको बच्चालाई अस्पताल पुर्‍याउन ढिलो गरेपछि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार


Scroll to Top

Janata Media