काठमाडौँ । मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गर्न सुरु गरेको जानकारी दिए ।
विभागले असोज १७ गते काठमाडौँ उपत्यकाभित्र उक्त अनुगमन गरेको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत बजारमा रहेका खाद्य पदार्थका नमूनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको उनले जानकारी दिए ।
पेप्सीकोलामा रहेका काभ्रे डेरी, एबी टिपिकल थकाली, गोलोक डेरी, अनुपम डेरी सूर्यमुखी डेरी पसलको अनुगमन गरेको थियो ।
उक्त अनुगमनमा काभ्रेडेरी, गोलोक डेरी, अनुप डेरीले कुनै पनि कैफियत नगरेको पुष्टि भएको उनले जानकारी दिए ।
उनका अनुसार एबी टिपिकल थकाली बेकरीले सर्टेनिङगको प्रयोग गरेको पाइएको छ भने सूर्यमुखी डेरी पसललेले प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत गरेको पुष्टि भएको छ ।
एबी टिपिकल थकाली बेकरी सर्टेनिङगको प्रयोग नगर्न निर्देशन दिएको महर्जनले जानकारी दिए । त्यसैगरी, सूर्यमुखी डेरी पसललाई प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणको लागि नमूना संकलन गरी प्रयोगशाला पठाउन निर्देशन दिएको उनको भनाइ छ ।







