जनता मिडिया समाचार प्रभावः कार्यालय समयमा कर्मचारीलाई कडाई गर्दै बुढीनन्दा

जनता संवाददाता
२०८० चैत्र २७ गते, मंगलवार

काठमाडौँ । बाजुराको बुढीनन्दा नगरपालिकाले कार्यालय समयमा कर्मचारीलाई कडाई गर्ने भएको छ । सञ्चार माध्यममा कार्यालय समयमा सेवाग्राहीको काम छोडेर घाम तापेर बस्ने, मोबाईल चलाएर बस्ने खालका समाचार प्रकाशित भएलगत्तै नगरपालिकाले कर्मचारीलाई कडाई गर्ने भएको हो ।

सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्त दुररुस्त बनाउन आईतवारबाट सम्पुर्ण कर्मचारीले अनिवार्य पोसाकमा १० बजेभित्र कार्यालयमा अनिवार्य आईसक्ने कर्मचारी कार्यालय बाहिर जादा लकबुक अनिवार्य प्रयोग गर्ने, बाहिर जानुको कारण, समय सिमा दोहोरो हस्ताक्षर गर्ने नियम बनाईएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए ।

‘विभिन्न समयमा कर्मचारीका विषयमा गुनासा तथा प्रश्न उठिरहेका छन् । गत केहिदिन अगाडी मात्रै जनता मिडियामै कर्मचारीहरु कार्यालय समयमै मोबाइल र घाम तापेर बस्दै आएको भन्ने समाचार आयो । त्यपछि मेरो गम्भीर ध्यानाकर्षण भएको थियो । अब हामीले कडाई गरेका छौँ । यदि अब पनि अटेर गरियो भने कारबाही अगाडी बढ्छ ।’ जनता मिडियासँग उनले भने ।

गत चैत १३ गते मंगलवार बुढीनन्दाका अधिकांश कर्मचारी कार्यालय समयमै मोबाइलमा व्यस्त भन्ने शिर्षकमा जनता मिडियामा समाचार प्रकाशन भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते, मंगलवार


Scroll to Top

Janata Media