नेपाल र बंगलादेशबीच पहिलो हाफमा गोलरहित बराबरी

जनता संवाददाता
२०८१ कार्तिक १४ गते, बुधबार

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दुवै टोलीले पहिलो हाफमा पाएको अवसरलाई गुमाएका छन् । सुरुवाती १० मिनेटमै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो ।

खेलको २४ औं मिनेटमा गोलरक्षक रुपनाको अर्को गल्तीमा नेपाल फाइदा उठाउन सकेन । विमला विकको क्रस रुपनाले ६ यार्ड बक्सनजिक फुस्काएपनि उक्त बल साम्बासम्म पुग्न नपाउँदै डिफेन्डर अफिदाले क्लियर गरिदिएकी थिइन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते, बुधबार


Scroll to Top

Janata Media