महिला फुटबल टिमका प्रशिक्षक तामाङले गरे राजिनामाको घोषणा

जनता संवाददाता
२०८१ कार्तिक १५ गते, बिहीबार

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजिनामा दिने घोषणा गरेका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले राजिनामा दिने घोषणा गरेका हुन् ।

‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब छाड्छु । क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन् ।’

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते, बिहीबार


Scroll to Top

Janata Media