काँग्रेसले सर्केगाडको उपाध्यक्षका लागि सबिता बुढालाई उम्मेदवार बनाउने

जनता संवाददाता
२०८१ कार्तिक २४ गते, शनिबार

काठमाडौँ । मंसीर १६ गते हुन लागेको उपनिर्वाचनमा हुम्लाको सर्केगाडको उपाध्यक्षका लागि नेपाली काँग्रेस हुम्लाले सबिता बुढालाई उम्मेदवार बनाउने भएको छ ।

हुम्ला ‘क’ नम्बर प्रदेश कार्य समितिको बैठकले पनि एकल नाम सिफारिस गरेको र सोही नामलाई काँग्रेसको जिल्ला संसदीय समितिले उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको काँग्रेस हुम्लाको जिल्ला संसदीय समितिको बैठकले सर्केगाड गाउँपालिका– ८ की सबिता बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस उपसभापति बसन्त रोकायाले बताए ।

गत भदौमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा परि मृत्यु भएको थियो । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते, शनिबार


Scroll to Top

Janata Media