काठमाडौं । सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आइतबार देखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षको सम्भावना छ ।
मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने छ ।
वर्ष हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहरण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सर्तकता तथा पूर्व तयारी अपनाउ महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।







