
काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको आशंकामा सुरक्षा निकाय उच्च सतर्कतामा छन्। उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले शङ्कास्पद वस्तु भएको सूचना पाएपछि अनुसन्धानका लागि टोली खटाइएको जानकारी दिए। उनले भने, ‘केही शङ्कास्पद वस्तु छ भन्ने खबर प्राप्त भएकाले हामी बुझ्दै छौँ।’
कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको एक प्रहरीले जानकारी दिए।
हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ भने एम्बुलेन्सहरू पनि उक्त स्थानतर्फ गइरहेका छन्।