अटोरिक्साको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

जनता संवाददाता
२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । अटोरिक्साको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुष्पलाल (मध्यपहाडी) सडकअन्तर्गत साँफेबगर–मङ्गलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते भएका थिए ।

घाइते भए लगत्तै शाहलाई नजिकै रहेको वयलपाटा अस्पतालमा पुर्‍याइए पनि उपचारको क्रममा निधन भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६४२३ नम्बरको अटोरिक्साले शाहलाई ठक्कर दिएको बताइएको छ ।

ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी भण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते, शुक्रबार


Scroll to Top

Janata Media