
काठमाडौँ । ललितपुरको जावलाखेलामा दुई दिनसम्म चलेको नेकपा एकिकृत समाजवादीको केन्द्रिय कमिटि बैठकमा केन्द्रिय सदस्य धर्म बहादुर शाहीले आफ्नो धारणा राखेका छन् । केन्द्रिय कमिटि बैठकमा शाहीले पार्टीको सुदृढीकरण र भावी कार्य योजनाका विषयमा आफ्नो धारणा राखेका हुन् ।
बैठकमा बोल्दै शाहीले पार्टी बलियो बनाउन पार्टीमा व्यापक सुदृढीकरण गर्न र भावी कार्य दिशा स्पष्ट हुनु पर्नेमा जोड दिएका छन् ।
ललितपुरको जावलाखेलको दुई दिनसम्म बसेको बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले पेस गरेका आन्दोलनद्वारा पार्टी निर्माणसहितका प्रस्ताव पारित गर्दै बैठक शनिबार राति सकिएको छ ।
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा,अध्यादेश र महासचिव भुसालको आन्दोलनका तत्कालिक योजनालगायतका प्रस्ताव सुझावसहित बैठकले पारित गरेको हो । बैठकमा उठेका प्रस्नहरुलाई समेत समेटेर सचिवाल बैठकले ती प्रस्तावहरुलाई पूर्णता दिइनेछ ।
बैठकका निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने भएको छ ।