पशुपतिनाथमा साधुसन्त (फोटो फिचर)

जनता संवाददाता
२०८१ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं । महाशिवरात्रिको अघिल्लो दिन पशुपतिनाथमा साधुसन्तको चहलपहल बढेको छ । यस वर्षको महाशिवरात्रि बुधबार परेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।

छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते, मंगलवार


Scroll to Top

Janata Media