मुगुको सोरू गाउँपालिकामा स्याटलाइट इन्टरनेट सेवा सुचारु

जनता संवाददाता
२०७९ फाल्गुन ८ गते, सोमबार

मुगु । मुगुको सोरु गाउँपालिकामा स्याटलाइट इन्टरनेट सेवा सुचारु भएको छ । आईटेल नेटवर्क र सोरु गाउँपालिकाको एक आपसको सम्झौतामा उक्त नेटवर्क सञ्चालनमा ल्याइएको हो ।

विगत केहि महिनादेखि टावर राख्ने सम्झौता भएपनि बल्ल आज मात्र स्याटलाइट टावर विस्तार गरिएको गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीले जानकारी दिए । वल्ड लिङ्कको नेटवर्कले सोचेजति काम नगरेपछि आईटेल नेटवर्क मार्फत इन्टरनेट सेवा सुचारु गर्न टावर विस्तार गरिएको अध्यक्ष शाहीले बताए ।

‘इन्टरनेट सेवा सुचारु गर्ने बित्तिकै 25 mbps को गतिमा चलिरहेको छ । जबकि वल्ड लिङ्कको नेटवर्कले 20 mbps सम्म पनि काम गर्दैनथ्यो । यसकारण पनि यो नेटवर्क यो क्षेत्रका लागि एकदमै प्रभाकारी हुनेमा हामी ढुक्क छौँ ।’ जनता मिडियासँग उनले भने ।

यसको क्षमता सोरुकोट गाउँपालिकाको अधिकांश क्षेत्रमा भएको र हुम्लाको अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाडको केहि क्षेत्रमा भएकाले सम्बन्धित गाउँपालिकामा विस्तारका लागि सहकार्य र पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिए ।

यो आइटल नेटवर्कको इन्टरनेट सेवा विस्तारले त्यस क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने प्रष्ट देखिन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते, सोमबार


Scroll to Top

Janata Media