हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा डोजर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका वडा नं–२ को लोतीको सडकबाट आइतबार बेलुका एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
चैनवाल डोजर दुर्घटनामा परि मृत्यु हुनेमा चंखेली गाउँपालिका वडा नं– २ का ३१ वर्षका अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताए । प्रदेश नम्बर २–०३–००१ क ०९७५ को एक्स्काभेटर सडकबाट पल्टिएको उनले बताए ।
यसअघि बिग्रिएर सडक मै राखिएको एक्स्काभेटरलाई चालक कामीले चलाएर लैजाने क्रममा पल्टिदा सडकबाट एक सय मिटर तल खसेको थियो । गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्ठा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको उनले बताए ।
दुवै शव प्रसुती गृह पिप्लाङमा राखिएको र पोस्ट मार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ ।







