एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन शुक्रबार हुँदै

जनता संवाददाता
२०८१ चैत्र ७ गते, बिहीबार

काठमाडौँ । एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन हुने भएको छ। बुधबार बसेरा बुटीक होटेलमा पत्रकार सम्मेलन मार्फत सम्मेलन बारे जानकारी दिइएको हो।

‘दिगो भविष्य निर्माण’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन शुक्रबार काठमाडौंमा हुने भएको छ। एएसी ब्लकको उपयोगिता बढाउन सम्मेलन आयोजना गर्न लागिएको एएसी ब्रिक उत्पादक संघले बताएको छ।

एएसी उपभोगमा वृद्धि गर्ने तथा दिगो भविष्य निर्माणमा सघाउ पुर्‍याउने सम्मेलनको मुख्य उद्देश्य हो। सम्मेलनमा छिमेकी मुलुक भारतबाट समेत विज्ञहरू आउने र सम्मेलनमा आर्किटेक्ट तथा स्ट्रक्चरल इञ्जिनियरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

हाल नेपालमा ९ वटा एएसी ब्लक उद्योग सञ्चालनमा छन्। यसमा कुल पाँच अर्ब रूपैयाँ लगानी छ। उक्त उद्योगमा पाँच हजार जनाभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

एएसी ब्लबाट हाल ठुल्ठुला होटेल, अस्पताल लगायत थुप्रै घरहरु बनेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार


Scroll to Top

Janata Media