काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार दोस्रो चरणको ‘कोर क्याम्प’ मा रहेका २५ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
टोलीमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई वैकल्पिक खेलाडीको रुपमा समेटिएको छ । नेपालले विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खेल पनि खेल्ने छ ।
टिममा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुलशन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।







