सुर्खेत । नेकपा एमालेका स्थायी कमिटि सदस्य यमलाल कँडेलले कर्णालीमा बिकासको लागि राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक स्थापना भएको कचहरी प्रेस क्लबको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्देै नेता कँडेलले कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रीमा दुई वटा पात्र देखी सक्यो अब अहिले तेस्रो पात्रको रुपमा माननिय मुख्य मन्त्री राजकुमार शर्मा आउनु भएको छ उहाँले कर्णालीको विकासको लागि छिट्टै राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको टिप्पोणी गरेका हुन् ।
उनले भने ‘हामीले संघियता बनायौ तर हाम्रो कर्णाली प्रदेश बचेखुचेको भु-भागलाई समेटेर मात्र सिमांकन गरीयो,हाम्रो दैनिक खाद्य बस्तु लगायतका कुराहरु ल्याउने पहिले देखीनै निरन्तर रुपमा आपसि सम्बन्ध रहेको क्षेत्रलाई भन्दा कहिलै नजोडिएको रोल्पासँग जोडीनु पर्ने अवस्था बन्यो ।’
कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्मा भएको कार्यक्रममा नेता कँडेलले कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना मात्रै बन्यो,प्रदेश सांसदमा निर्वाचित भएजतिकालाई पुर्वमन्त्री बनाएर पठाउने मानिसिकाताबाट माथि उठ्न सकेनौ भने कर्णालीको बिकासको परिकल्पना गर्न सकिदैन ।
अहिलेको सरकार देश बनाउन होइन दिन बिताउन गठबन्धन बनेको हो,पुर्वमन्त्रीको उपनामले चिनाउन बनेको हो,उनले भने कर्णालीमा साधन स्रोत प्रसस्तै छ तर बितरण गर्ने ठाउँमा हामीहरु छैनौ,बितरण गर्ने ठाउँमा गबन्धनका पात्रहरु भएकाले उनिहरुले बिकास भन्दा गर्ने भन्दा पनि आफ्ना कार्यक्रता भर्ति गर्ने केन्द्रको रुपमा स्थापीत गर्न खोजेका छन् अनि कसरी हुँन्छ बिकास कर्णालीमा ? उनले भने कर्णालीमा यो दल त्योदल नभनिकन मुद्धा र विषयलाई प्रमुख ठानौ हामीसँग राष्टलाई प्रभाब पार्ने मुद्धाहरु छन् ।







