हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट एक जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिका– ६ चरीगाउँ गाउँकी १८ वर्षिय धनशिला बुढाको जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
गाउँपालिका केन्द्रको पिप्लाङ स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा लिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि मङ्गबार उद्धार जिल्ला बाहिर पठाइएको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोरा बताईन् ।
पिप्लाङ स्वास्थ्यचौकीमा हप्ता दिनसम्म उपचार गर्दा उपचार हुन नसकेपछि जेठ ४ गते जिल्ला अस्पताल हुम्लामा ल्याइएको थियो । गर्भवती बुढाको दुई महिना बाँकी सुत्केरी हुने समय अझै बाँकी रहेको छ । गर्भवती बुढालाई सुत्केरीको कुनै लक्षण नदेखिएपनि शरिरका विभिन्न भागमा समस्या आउने गरेको भएपछि रेफर गरिएको हो । बुढाले आफ्नो हात, खुट्टा झिमझिमाउनुका साथै शरिरका अन्य भागमा समेत दुख्ने गरेको भनेपछि उद्धार गरिएको हो ।
अस्तापलमा पनि सबै सुविधा, उपकरण, लगायत नहुँदा जिल्ला बाहिर रिफर गरिएको हो । शरिरमा रगतको मात्र कम हुनु , आमा र शिशु दुवैमा जटिल समस्या देखापरेपछि प्रदेश अस्पताल रिफर गरेको सिनियर अनमी बोहोराले बताईन् । आमाको ब्रेनमा इन्फेक्सन र गर्भमा रहेको शिुशुको मुटुको धड्कन कम चलेको र जिल्ला अस्पताल हुम्लामा औषधि समेत नभएका कारण प्रदेश राजधानीको प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी बोहोराले बताईन् ।
बुढालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममामार्फत उद्धार गरिएको हो ।







