नेपाललाई भारतीय हक्कीको सहयोग

जनता संवाददाता
२०८२ जेष्ठ ८ गते, बिहीबार

काठमाडौँ । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरुप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्यसमेत रहेकी नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामाग्री सहयोग स्वरुप प्राप्त भएको जानकारी दिए।

एसियाली हक्की महासङ्घका उपाध्यक्ष एवं भारतीय हक्की सङ्घका महासचिव भोलानाथ सिंह, भारतीय हक्की सङघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की सङ्घका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामाग्री हस्तान्तरण गरेको हो ।

टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको छ ।

भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको थियो ।

सञ्चार मन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की सङघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए ।

भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की सङ्घले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए

सो अवसरमा हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते, बिहीबार


Scroll to Top

Janata Media