सप्तरीमा गोली प्रहार गरी एक जनाको हत्या

जनता संवाददाता
२०८२ जेष्ठ २३ गते, शुक्रबार

सप्तरी । सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् ।

वडा अध्यक्ष श्यामदेव साहले राति पाँचरछ जनाको समूहमा घरभित्र पसेका हतियारधारी समूहले चौधरीलाई धारिलो हतियार र गोली प्रहार गरी हत्या गरेका जानकारी दिए । साथै कान्तालालका ४० वर्षीय भाई रामकान्त घाइते भएका छन् । जिल्ला प्रहरी कर्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घाइते रामकान्तको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा एउटा गोलीको खोखा र तीनवटा गोली समेत बरामद भएको जानकारी उनले दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते, शुक्रबार


Scroll to Top

Janata Media