काठमाडौं । एसीसी म्यान्स यु–१६ इस्ट जोन कपअन्तर्गत नेपालले भुटानविरुद्ध शानदार प्रदर्शन गर्दै ३५८ रनको विशाल योगफल तयार गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ५ विकेटको क्षतिमा उक्त रन बनाएको हो ।
नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा विस्फोटक १६८ रनको शतकीय इनिङ खेले । यसैगरी जोए थापा ६१ रन, शिवांस बजगाईँ ५४ रन र सुगम बुढाथोकीले ३५ रनको योगदान दिए।
भुटानका लागि संगय दोर्जीले ३ विकेट लिँदा तेन्जिङ लोदेले १ विकेट लिए । नेपालको पारीको पाँचौँ ओभरमै संगय दोर्जीले ओपनर परिमार्जन यादव र प्रसिद्ध जैसीलाई आउट गर्दै दुई महत्त्वपूर्ण सफलता दिलाएका थिए । लक्ष्य पछ्याउने क्रममा भुटानले १८ ओभरको समाप्तिसम्म ५ विकेट गुमाएर मात्र २५ रन जोड्न सकेको छ (समाचार तयार पार्दासम्म) ।
नेपालका लागि विपिनप्रसाद शर्माले एउटै ओभरमा तीन विकेट झारे भने अर्को विकेट सुयोग भट्टराई र सचिन भट्टले लिए ।







