सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

जनता संवाददाता
२०८२ भाद्र ७ गते, शनिबार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

तराईंमा बसोबास रहेको थारु समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायका मानिसले यो पर्व धुमधामसंग मनाउने गरेका छन्।

पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ। यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो। तर, थारु समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो।

अट्वारी पर्वको अवसर पारेर थारु बहुल कैलारी गाउँपालिका लगायतका पालिकाले दुई दिन स्थानीय बिदा दिएका छन्। अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते, शनिबार


Scroll to Top

Janata Media