गोंगबुको एक घरबाट तीन करोड बढि बरामद, एक पक्राउ

जनता संवाददाता
२०८२ भाद्र १७ गते, मंगलवार

काठमाडौँ । प्रहरीले गोंगबुस्थित एक घरबाट स्रोत नखुलेको ३ करोड बढि रुपैयाँ बरामद गरेको छ।

जिल्ला प्रहरी परिसरका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतका अनुसार, एक जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते, मंगलवार