विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

जनता संवाददाता
२०८२ आश्विन ६ गते, सोमबार

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ ।

सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन् ।

गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोही पदमा नियुक्त गरेको थियो । कुलमान ऊर्जा मन्त्री बनेपछि शाक्यको सरुवा भएको हो ।

प्रकाशित मिति : २०८२ आश्विन ६ गते, सोमबार


Scroll to Top

Janata Media