काठमाडौँ । हुम्लाकी भूपिका शाही थाइल्याण्डमा हुने १७ वर्ष मूनिका महिला एसिया कप क्यालिफायरका लागि छनोट भएकी छन् । थाइल्याण्डमा हुन लागेको क्यालिफायरका लागि शाही राष्ट्रिय खेलाडीको रुपमा छनोट भएकी हुन् ।
हुम्लाकी शाही साफ अण्डर –१७ महिला एसिया कप क्यालिफायरका लागि राष्ट्रिय खेलाडीका रुपमा छनोट भएको अखिल नेपाल फुटबल संघले (एन्फा) जनाएको छ । एन्फाले सार्वजनिक गरेको राष्ट्रिय महिला खेलाडीको २३ सदस्यीय टोलीमा शाहीको नाम पनि छनोटमा परेको छ ।
उनी तिनमध्ये एक गोलकिपरका रुपमा छनोट भएकी हुन् । थाइल्याण्डमा हुने सो प्रतियोगिताका लागि हुम्ला जिल्लाबाट फुटबलमा दोस्रो राष्ट्रिय खेलाडीका रुपमा शाही छनोट भएकी हुन् ।
हुम्लाको चङ्खेली गाउँपालिका– २ को दार्म (गर्खा) गाउँकी स्थायी बासिन्दा हुन् । शाही चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीकी छोरी समेत हुन् ।







