तिहारको समयमा काठमाडौं उपत्यकाबाट १९ हजार थान पटाकासहित ८ जना पक्राउ

जनता संवाददाता
२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौं । तिहारको समयमा काठमाडौं उपत्यकाबाट १९ हजार १३६ थान पटाका बरामद भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ हजार ८६९ थान पिस अर्थात १९ हजार १३६ थान पटाका बरामद भएको जानकारी दिएको हो ।

गत कात्तिक ११ देखि आजसम्मको विवरणअनुसार ती पटाकासहित विभिन्न ८ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार खुर्सानी पटाका २ बण्डल पनि बरामद भएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १ गते, शुक्रबार


Scroll to Top

Janata Media