काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो ।
अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।
शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५र२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए ।
माछापोखरी एरियामा तीन जनाको भेट भएपछि दुईरतीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए ।
शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि।क।ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छरसात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए ।
आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि।क।लाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।







