बर्दिया । बर्दियाबाट दाङ दंगीशरण गाउँपालिकाको चखौरा वनभोजका लागि गएको गाडी दुर्घटना भएको छ ।
आइतबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को भन्ज्याङ नजिकै भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो । बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषि कृषक समूहको वनभोजका लागि चखौरा आउँदै गर्दा दुर्घटना भएको हो ।
घाइतेहरुको उपचारका लागि नेपालगञ्ज र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । दुर्घटनाको सम्पूर्ण विवरण अझै नआएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।







