करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

जनता संवाददाता
२०८० माघ २४ गते, बुधबार

अछाम । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ५ लयाँटीका प्रकाश बुढाको मृत्यु भएको हो । दैलेखको आठबिस नगरपालिका ४ राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

हिजो माघ २३ गते इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै उनको ज्यान गएको उहाँका आफन्तले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार


Scroll to Top

Janata Media