डाइभर्सिटी भिसा (डीभी)को नजिता भोलि आउने

जनता संवाददाता
२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते, शुक्रबार


Scroll to Top

Janata Media