हुम्ला कारगारमा रहेका कैदि बन्दीलाई चंखेलीका अध्यक्ष शाहीले गरे सरसफाइका सामग्री वितरण

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

हुम्ला । हुम्ला जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदि बन्दी लाई सरसफाइका सामग्री वितरण गरिएको छ । चंखेली गाउँपालिका हुम्लाका अध्यक्ष प्यारीलाल शाहीले जिल्ला कारागारमा रहेका कैदी बन्दीको स्थास्या र सरसफाइको लागि सरसफाइृको सामान वितरण गरिएको चंखेली गाउँपालिका स्वास्थ संयोजक सुरबिर शाहीले बताए । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ ।

कारागार व्यवस्थापन विभागले कारागार कार्यालयको तथा कैदीबन्दी व्यवस्थापनको नीतिगत तथा प्रशासकीय व्यवस्थापनमा सहयोग पु¥याउदै आएको भएता पनि हुम्ला जस्तो हिमाली जिल्लामा यस्ता खाने कार्यक्रमको आवासेक अनसार आफुले सरसफाइका सामान सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदीबन्दी लाई सरसफाइका सामाग्री प्रति व्यक्ति नुहाउने सावुन २ ओटा कपडा धुने २ ओटा ब्रस १ र १ मन्जन प्रर्ति व्यक्ति १ र १ र एक दर्जन फ्रुटी हस्तान्तरण गरिएको चंखीली गाउपालिका स्वास्थ संयोजक शाहीले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media