काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगेका छन् । आज बिहानदेखि उनको दाँत दुख्न थालेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।
‘प्रधानमन्त्री ज्युले बिहानैदेखि दाँत दुख्न थालेपछि सरकारी अस्पताल नै जान्छु भन्नुभयो, त्यस्तै हामीले वीर अस्पताल ल्याएका छौं । चिकित्सकको टोलीले उहाँको दुवैतिरको दाँतको एक्स-रे गरेर हेर्दै हुनुहुन्छ।’ प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।







