सुनचाँदीको मूल्य स्थिर, सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९००

जनता संवाददाता
२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ ।

चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार


Scroll to Top

Janata Media